निसान भट्टराईको नयाँ गीत ‘भुन्टि’ सार्बजानिक

नेपाल आईडल फर्स्ट रनरअप निसान भट्टराईको नयाँ गीत ‘भुन्टि’ सार्बजानिक भएको छ । सुदूरपस्चिमेली भाका समाबेश उक्त गीत सार्वजनिक भएको केही समयमा नै यूट्युब ट्रेन्डिङको नम्बर १ मा समेत रहन सफल भएको छ ।
यसअघि उनले कोरेर मिठा भाबहरु, आफ्नै छायाँ जस्ता गीतहरु गाइसकेका थिए ।

गीतको शब्द संगीत राजेन्द्र भाटको रहेको छ भने मोहित मुनालको एरेन्ज रहेको छ । भिडीयोमा निसान भट्टराई र एलिसा राईको अभिनयलाई हेर्न सकिन्छ । म्युजिक भिडीयोमा शिशीर खातीको कोरियोग्राफी रहेको छ । म्युजिक भिडीयोको निर्देशन तथा सम्पादन टकेन्द्र शाहको रहेको छ । भिडीयोमा छायांकन राम कुमार केसीको रहेको छ । उक्त म्युजिक भिडीयोलाई मनोज बस्नेतले निर्माण गरेका हुन् ।