फिल्म ‘रणवीर’मा अभिनेता प्रशान्त ताम्राकार दोहोरो भुमिकामा

फिल्म रणवीरमा अभिनेता प्रशान्त ताम्राकार दोहोरो भुमिकामा रहेको खबर बाहिरिएको छ । निर्देशक गोविन्दसिंह भण्डारीले दिएको जानकारी अनुसार फिल्ममा प्राशान्त नेगेटिभ पात्रका रुपमा देखिएका छन । तर, अर्को क्यारेक्टर कस्तो छ भन्ने बारेमा भने निर्देशकले केही खुलाउन चाहेनन । उनले भने,’प्रशान्तजी दोहोरो भुमिकामा हुनुहुन्छ एक खल पात्र अर्को कस्तो भन्ने जान्नका लागि फिल्म नै कुर्नु पर्छ’ ।

हाल ग्लेज इन्टरटेनमेन्टमा पोस्ट प्रोडक्सनको काम भैरहेको र छायाङ्कन हुन बाँकी फिल्मको दुई गीत विदेशमा छायाङ्कन गर्ने तयारी रहेको समेत निर्देशक भण्डारीले बताए । फिल्मको दुई गीत बाहेक सम्पूर्ण छायाङ्कन सकिएको भनियता पनि प्रशान्त ताम्राकारको केही सिन खिच्न बाँकी रहेको समेत बुझिएको छ । एक्सन, सस्पेन्स र थ्रिल मिश्रित फिल्म ‘रणवीर’ उपत्यकासँगै सुदुरपस्चिममा समेत छायाङ्कन भएको हो ।

शिक्षित युवाले समाजमा गर्ने संघर्षको कथा समेटिएको फिल्ममा प्रशान्त ताम्राकारसँगै सुशील सिटौला, सुपुष्पा भट्ट, टिका पहाडी, रवी गिरी, नरेश पौडेल, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, जगदिश रिजाल, बसन्ती भट्ट शैलेश्वरी सिंह लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत शुभेच्छा खड्का फिल्ममा डेब्यु गर्दै्छिन ।

महेश पौडेलको छायाँकन रहेको फिल्ममा चन्द्र पन्तको द्वन्द, हर्कुलस बस्नेत, सुशान्त गौतम र अमित श्रेष्ठको संगीत रहेको छ । गम्भिर विष्ट र सुरेन बसेलले कोरियोग्राफी गरेका छन् । फिल्म दिपेन्द्र रेग्मी र गोमा विष्टले संयुक्त रुपमा निर्माण गरेका हुन् ।