‘तिमी हुन्छौ जहाँ जहाँ’ ट्रेलर सार्वजनिक

फिल्म तिमी हुन्छौ जहाँ जहाँको ट्रेलर सार्वजनिक भएको छ । मलिना जोशी र मनिष सुन्दर श्रेष्ठको मुख्य अभिनय रहेको फिल्मको एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको हो ।


फिल्ममा मलिना र मनिषसँगै, बर्षा सिवाकोटि, तमन्ना केसी, स्वरूप पुरुष ढकाल लगायतको अभिनय रहेको छ । राम शरण उप्रेतीको छायाङ्कन रहेको फिल्ममा पटकथा तथा सम्बाद माधव घिमिरेको रहेको छ । फिल्म भुपेन्द्र अधिकारी र सालीक सुवेदीले सम्पादन गरेका हुन ।

बिना कार्की सह निर्माता रहेको फिल्म मदन दवाडी, डाल चन्द्र दवाडी र हरी प्रसाद अधिकारिले संयुक्त रुपमा निर्माण गरेका हुन । बिकास बस्यालको लेखन तथा निर्देशन रहेको फिल्म असार ८ गतेबाट अल नेपाल रिलिज हुँदैछ ।