आइसल्याण्डमा खिचिएको पहिलो नेपाली म्युजीक भिडीयो ‘याद’

पछिल्लो समय नेपाली म्युजिक भिडीयोहरुको मेकिङ बदलिएको छ । देश देखी बिदेशमा भिडियो छायाङ्कनको क्रम बढेको छ । सोही क्रमलाई पच्छ्याउदैँ विजय घिमिरे (भिजे) र जनक राईको ‘याद’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयोमा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले कैद गरिएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो । गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ ।
जनक राईले निर्देशन गरेको भिडीयोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो ।