प्रियंका गरुड, केकी सर्प

Mero Film

हिरोइन प्रियंका कार्कीले लगाउने पहिरनको अघि अन्य अभिनेत्री नपर्दा पनि हुन्छ । प्रियंका जहिले पनि अर्की अभिनेत्रीलाई पहिरनको हकमा ओझेलमा पार्न सिपालु छिन् । फिल्म फन्कोको प्रिमियरमा केकी अधिकारी र प्रियंका कार्कीविच यस्तै भएको थियो ।

फन्कोको प्रिमियरमा पहिला पुगेकी केकीलाई पछि आएकी प्रियंकाले तनाव दिएकी थिइन् । किनकी, केकीको साधारण पहिरनले प्रियंकाको खुल्ला पहिरनलाई ओझेलमा पारिदियो ।


जापानमा पनि यस्तै भएको छ । कोहलपुर एक्सप्रेस देखाउन केकी र प्रियंका जापान पुगेका छन् । जापानमा फिल्मको शोमा केकी र प्रियंका आफूलाई सजाएर पुगेका छन् । तर, यसपटक पनि केकीलाई प्रियंकाले कर्लप्पै निलेकी छिन् ।

प्रियंकाको रातो गाउनको अगाडी केकीको गाउन कमजोर देखिएको छ । प्रियंका पहिरन लगाउन जान्ने अभिनेत्री हुन् । केकीलाई भने पहिरनको बारेमा प्रियंकाको जस्तो नलेज छैन ।

एकसाथ उभिदा प्रियंका गरुण र केकी सर्प बन्छन् । गरुणको छायामा सर्प भनेजस्तै ।


Leave a Reply

Your email address will not be published.