फिल्म ‘वीराङ्गना’को पोष्टर सार्वजनिक

सिमाना क्षेत्र र अपराध नियन्त्रणनमा शसस्त्र प्रहरीले पुर्याएको योगदान र महिला शसस्त्र प्रहरीको विरताको वारेको कथा समेटिएको फिल्म वीराङ्गनाको चार पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा कलाकारहरु अनुप विक्रम शाही, शिल्पा पोखरेल र पृथ्वी राज प्रसाईलाई प्रस्तुत गरिएको छ ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको एक्शन जनराको नारी प्रदान फिल्ममा राज बहादुर सानेको निर्देशन, हरिबोल लामाको छायांकन र तारा थापाको सम्पादन रहेको छ । फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह निर्माता सुमि चाम्लिङ राई रहेका छन् ।

फिल्ममा शिल्पा, अनुप र पृथ्वीराज को अलवा धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, धु्रव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा दिपक शर्माको संगीत, कविराज गहतराजको नृत्य र श्री श्रेष्ठको द्धन्द निर्देशन रहेको छ ।

फिल्म र फिल्म भित्र आफ्नो भूमिकाका बारेमा नायिका शिल्पा पोखरेल भन्छिन, ‘मलाई नारी प्रदान र सामाजिक फिल्महरु मन पर्छ । त्यसै कारण पनि मेरो लागि विराङ्गाना विशेष छ । पहिलेकै जस्तै एक्शन, लभ र गीतमा मलाई दर्शकले पाउँनेछन् । म सँगै बाँदर र घोडाको कलात्मक कलाले अझ दर्शकलाई मनोरञ्जन बढि दिनेछ ।’

फिल्मका बारेमा नायक अनुप विक्रम शाहीले भने,’शसस्त्र प्रहरीको योगदान माथी बनेको फिल्म भएकोले मैले त्यहि भित्रको एउटा पात्रको भुमिका निर्वाह गरेको छु । नारी शसस्त्र प्रहरीसँगको सहकार्यलाई मैले राम्रो तरिकाले फिल्ममा प्रस्तुत गर्ने प्रयास गरेका छु ।’
फिल्म यही असार २९ मा देशभर रिलिज हुने छ ।