प्रशिक्षक बन्दै मलिना

पुर्व मिस नेपाल मलिना जोशी मिस नेपाल-यूएस २०१८ को आधिकारिक प्रशिक्षकमा नियुक्त भएकी छन् । अमेरिकाको टेक्सास स्थित ड्यालसमा आउँदो अगस्ट १९ मा आयोजना हुने छैठौं मिस नेपाल-यूएस २०१८ को कार्यक्रमका लागि मलिनालाई प्रशिक्षकका रुपमा नियुक्त गरिएको आयोजकले बताएका छन् ।

यसअघि २०१४ मा समेत जोशी मिस नेपाल यूएसको आधिकारिक प्रशिक्षक बनेकी थिइन् । उक्त प्रतियोगिताको लागि नेपाली मूलका १८ देखि २९ वर्षका युवतीले भाग लिन पाउने छन् । प्रतियोगिताका लागि आवेदन जुन २३ तारिख सम्ममा दिइसक्नु पर्नेछ । मिस नेपाल यूएस २०१८ बिजेताले ५ हजार अमेरिकी डलरको अध्ययन छात्रवृत्ति पाउने छन् ।