‘चङ्गा चेट’ भदौ १५मा

प्रियंका कार्की र आयुष्मान देशराज जोशीको मुख्य भूमिका रहेको फिल्म ‘चङ्गा चेट’ भदौ १५मा रिलिज हुने भएको छ । प्रिन्सेस मुभिजको प्रस्तुतिमा माधव वाग्लेको निर्माण रहेको फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

फिल्मको ‘गोजीमा दाम छैन’ बोलको गीत रिलिजको तयारीमा निर्माण यूनिट लागेको छ । फिल्ममा प्रियंका कार्की र आयुष्मानसँगै आयुष्मानकी पुर्व प्रेमिका परमिता आर एल राणा, अर्पण थापा, ऋचा शर्मा, सन्दिप क्षेत्री, सुरक्षा पन्त, बेनिशा हमाल, रविन्द्र झा, शिशिर बाङ्देल, माउत्से गुरुङ लगायतको अभिनय रहेको छ ।