‘छक्का पन्जा ३’मा स्वस्तिमा पछि वर्षाको इन्ट्री

‘छक्का पन्जा ३’मा पुष्प खड्का बाहिरिएर सन्जोग कोइरालाको इन्ट्री भएको धेरै समय भएको छैन । फिल्ममा स्वस्तिमा संग संगै वर्षा राउतको समेत इन्ट्री भएको छ पछिल्लो समय । फिल्मको एउटा गीतमा बर्षा रहने छिन् । बाकी भूमिका बारे भने फिल्म रिलिज भएपछि नै थाहा होला ।

दीपाश्री निरौलाको निर्देशन रहने फिल्ममा पुरानै कलाकारहरु दोहोरिने छन् । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।