ब्राजिलको जर्सीमा बोल्ड सिवानी

नव नायिका सिवानी गिरी पछिल्लो समय चर्चामा छिन् । बोल्ड ड्रेसअपका कारण उनको चर्चा हुने गरेको छ । फिल्म ‘कहीँ कतै’ बाट डेब्यु गर्न लागेकी उनले कहीँ कतै प्रदर्शन अगावै अर्को फिल्म छायाङ्कन सुरु गरिसकेकी छिन् । बिभिन्न कार्यक्रममा उनको बोल्ड ड्रेसअपसँगैको उपस्थितिले चर्चा बटुली रहेको अवस्थामा शुक्रवार साप्ताहिकका लागी गरेको फोटोसुटले झनै माहोल तताएको छ । बिहिवारबाट सुरु भएको विश्वकप फुटबलको थिममा गरिएको उक्त फोटोसुटमा उनी ब्राजिलको जर्सीमा प्रस्तुत भएकी छिन् । श्रीधर पौडेलको फोटोग्राफी रहेको सिवानीको उक्त फोटो शुक्रवार साप्ताहिकको यस हप्ताको सस्करणमा छापिएको छ । जुन बिहिवार प्रकासित भैसकेको छ ।
उक्त फोटोसुटमा खिचिएका केहि तस्बिर :