प्रमोदले कसलाई ‘माया गर्छु’ भन्दै छन् ? (भिडियो)

पछिल्लो समयका चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘माया गर्छु’ सार्वजनिक भएको छ । गीतमा बिक्रम सुबेदीको शब्द रहेको छ भने सिडी बिजय अधिकारीको संगीत रहेको छ ।

भिडीयोमा हिमाल रिजाल,  सन्चिता शाही,  नवराज सुनार,  मेगराज कन्डेल लगायतको अभिनय हेर्न सकिन्छ । जीवन शाही निर्देशित भिडीयोमा चक्र महर्जनको छायांकन र अर्जुन पोख्रलको सम्पादन रहेको छ ।