फ्राइडे रिलिज: ‘तिमी हुन्छौ जहाँ जहाँ’

फिल्म ‘तिमी हुन्छौ जहाँ जहाँ’ अल नेपाल रिलिज भएको छ । फिल्ममा मलिना जोशी र मनिष सुन्दर श्रेष्ठको मुख्य अभिनय रहेको छ ।

फिल्ममा मलिना र मनिषसँगै, बर्षा सिवाकोटि, तमन्ना केसी, स्वरूप पुरुष ढकाल लगायतको अभिनय रहेको छ । राम शरण उप्रेतीको छायाङ्कन रहेको फिल्ममा पटकथा तथा सम्बाद माधव घिमिरेको रहेको छ । फिल्म भुपेन्द्र अधिकारी र सालीक सुवेदीले सम्पादन गरेका हुन ।

बिना कार्की सह निर्माता रहेको फिल्म मदन दवाडी, डाल चन्द्र दवाडी र हरी प्रसाद अधिकारिले संयुक्त रुपमा निर्माण गरेका हुन । फिल्ममा बिकास बस्यालको लेखन तथा निर्देशन रहेको छ ।