चकलेट हिरोले गरे इन्गेजमेन्ट

- मेराेफिल्म

फिल्म चलकेटका अभिनेता आयुष्मान घिमिरे विवाह बन्धनमा बाधिने भएका छन् । मिस्टर नेपाल समेत भैसकेका डाक्टरी पेशामा आवद्ध घिमिरेले प्रज्ञा सुवेदीसँग इन्गेजमेन्ट गरेका हुन् । उनले, फेसबुकमा तस्बिर राख्दै इन्गेजमेन्ट गरेको जानकारी दिएका छन् । उनले, प्रज्ञा आफूसँग हुँदा आफूसँग सबै कुरा भएको जस्तो लाग्ने लेखेका छन् । साथै, उनले हरेक पल आफ्ना लागि यादगर हुने पनि लेखेका छन् ।

आयुष्मानले फिल्म चलकेटमा काम गरेका थिए । तर, उनले फिल्मको बाटो भने समात्न सकेनन् । अब, उनले बिहे गरेर जीवनलाई नयाँ आयाममा लाने तयारी गरेका छन् । आयुष्मानको स्टाटस हेर्दा प्रज्ञा र उनको प्रेम सम्बन्ध रहेको थाहा हुन्छ ।

२०७५ असार १० गते १९:०७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *