प्रकाशको ‘ओ बहिनी’ सार्वजनिक

प्रकाश राना मगरको ‘ओ बहिनी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा संगीत तथा शब्द समेत गायक स्वयम कै रहेको छ भने संगीत संयोजन किरणको रहेको छ ।

भिडियोमा हिम कुवर तथा सम्पदा बानियाको अभिनय देख्न सकिन्छ । रोहन नेपालीको कोरियोग्राफी रहेको भिडियो छायांकन पुस्कर थापाले गरेका छन् । निर्देशन तथा सम्पादन नेत्र गुरुङको रहेको छ ।