फिल्म ‘प्रसाद’ को शुभ मुहुर्त

- मेराेफिल्म

फिल्म ‘प्रसाद’मा नायक निस्चल बस्नेतको इन्ट्री भएको छ । केही समय अगाडी निर्माण घोषणा गरिएको फिल्ममा यसअघी नायक विपिन कार्की, नायक निस्चल बस्नेत र नायिका नम्रता श्रेष्ठ स्टारर फिल्म ‘प्रसाद’ को शुभ मुहुर्त गरिएको छ ।

निःसन्तान दम्पत्तीको कथामा आधारित फिल्म ‘प्रसाद’को पटकथा फिल्म पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवास थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको फिल्म ‘प्रसाद’मा राजेश श्रेष्ठको छायाङ्कन, सुवास भुसाल र कोशिस क्षेत्रीको संगीत रहनेछ । फिल्मलाई निर्देशक दिनेश राउतले निर्देशन गर्दै छन् भने एसोसियट डाइरेक्टरका रुपमा विकास सुवेदी रहेका छन ।

२०७५ असार ११ गते १२:४६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *