अनमोल नेपालकै महंगा ब्राण्ड एम्वेस्डर

- मेराेफिल्म

अनमोल  केसी क्याप्स ब्राण्डको एम्वेस्डर बनेका छन् । १ बर्षको कन्ट्रयाकमा १५ लाख बढि पारिश्रमिक लिएर अनमोल नेपालको सबै भन्दा बढी पारिश्रमिक लिने एम्वेस्डर बनेका हुन्  ।

क्याप्टेन फिल्मको सुटिङमै पुगेर शनिबार क्याप्सु ब्राण्डको तर्फबाट गौतम बैश्य र अनमोलले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । गौतमले पछिल्लो क्रमको अग्र पङ्गतिको अभिनेता भन्दै अनमोललाई आफ्नो ब्राण्ड प्रवर्धकको रुपमा अनुबन्धन गराएको बताए । आकर्षक लुक्सका धनी तथा सर्वाधिक फ्यान फलोइङ भएका स्टार भएकै कारण आफ्नो ब्राण्डप्रति ग्राहक आकर्षणको लागी अनमोल पहिलो रोजाइ बनेको गौतमको भनाइ छ ।

२०७५ असार १३ गते ११:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *