‘बोबी’ पोस्टर रिलिज

- मेराेफिल्म

मिलन चाम्स निर्देशित फिल्म ‘बोबी’ को पोस्टर रिलिज भएको छ । फिल्ममा उमेश थापा र कविता गुरुङको मुख्य भूमिका रहेको छ र  पोस्टरमा पनि यी दुई कलाकारलाई नै फोकस गरिएको छ ।

उमेश र कविताको प्रेम, संघर्ष र सफलताको कथा बोबी भित्र छ । उमेश पेसाले इन्जीनियर हुन् भने कविता होटल म्यानेजर । फिल्ममा यी दुईका अलावा विजय लामा, रुबी राणा शाह, देशभकत खनाल, रश्मि भट्ट,  रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

चाम्स ईन्टरटेनमेन्ट र लण्डन आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा संचारकर्मी नरेश भट्टराईको स्किृप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । फिल्म असार २९ बाट अलनेपाल रिलिज हुने छ ।

२०७५ असार १५ गते १२:५० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *