प्रदीपको फिल्मबाट डेब्यु गर्दै हरिहर

चलचित्र संघका अध्यक्ष तथा निर्माता प्रदीप कुमार उदयको फिल्म ‘शुभ लभ’ निर्माण घोषणा भएको छ । यसै फिल्मबाट युवा ज्योतिष तथा लेखक हरिहर अधिकारी फिल्म क्षेत्रमा डेव्यु गर्दै छन् ।
लभ स्टोरी फिल्म ‘शुभ लभ’ मा हरिहरले मिस टिन २०१७ कृष्टिना पौडेलसँग स्क्रिन सेयर गर्नेछन । सन्तोष बाबु लोहनीको निर्देशन रहने फिल्ममा हरिहर र कृष्टिनीसँगै प्रदीप बास्तोला, सरोज खनाल, राजाराम पौडेल, रविन्द्र झाको मुख्य भूमिका रहेनछ भने डाक्टर सूर्या थापा र कार्यकारी निर्माता उदयको पनि अतिथि भूमिका रहने छ ।
भदौ १५ गतेदेखि छायाँकन सुरु हुने ‘शुभ लभ’ लाई चैत १५ गते प्रदर्शन गरिने छ । अभिमन्यू निरवीको पटकथा तथा लेखन रहेको फिल्मको कथा हरिहरकै हो । फिल्ममा रामेश्वर कार्कीको छायाँकन, अर्जुन पोखरेलेको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । बुद्ध ईन्टरटेनमेन्ट प्रा.लिको ब्यानरमा ‘शुभ लभ’ प्रदीप कुमार उदयको प्रस्तुती र धर्मराज शर्मा सुवेदीको निर्माण रहनेछ । फिल्मको छायाँकन काठमाण्डौं, पोखरा, अन्नपूर्ण वेस क्याम्प, ईलाम लगायतका क्षेत्रमा हुनेछ ।

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया