प्रियंका र प्रमोदको इन्टिमेट सिनले भरिपूर्ण ‘कथा काठमाण्डु’को गीत

फिल्म ‘कथा काठमाण्डु’मा समावेश रोमान्टिक गीत ‘रातको कुरा’ रिलिज भएको छ । सार्वजनिक गीतमा गायिका इन्दिरा जोशीको स्वर रहेको छ भने प्रदिप बास्तोलाको शब्द तथा संगीत रहेको छ । यो गीतको भिडियो फिल्मका दुई मुख्य कलाकार नायिका प्रियंका कार्की र कलाकार प्रमोद अग्रहरीको इन्टिमेट सिनले भरिपूर्ण छ भने गायिका जोशीलाई पनि भिडियोमा देख्न सकिन्छ । काठमाडौंको रात्रीकालिन ब्यवसाय ‘पव’मा हुने गरेको सेक्स ब्यापारलाई मुख्य केन्द्रमा राखेर भिडियो निर्माण गरिएको छ ।

फिल्ममा संगीता श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा  लु:ज: सिंहको छायाङ्कन रहेको छ । फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतको मुख्य भूमिका रहेको छ । फिल्म असोज १२ गतेबाट रिलिज हुँदै छ ।