नाई नभन्नु ल ५ को ‘तिम्रो आँखामा’ गीत रिलिज

- मेराेफिल्म

फिल्म नाई नभन्नु ल ५ को ‘तिम्रो आँखामा’ गीत सार्वजनिक भएको छ । गीतमा फिल्मकी नायिका स्वस्तिमा खड्काले नायक अभिषेकलाई आफ्नो प्रेमको पासोमा पार्न पछ्याईरहेको देख्न सकिन्छ । मेलिना राईको आवाज रहेको गीतमा दिनेश थपलियाको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ ।

विकाश राज आचार्य निर्देशित तथा सामिप्य राज तिमल्सिना र विकाश राज आचार्यको कथा रहेको रहेको फिल्ममा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा पुरुसोतम प्रधानको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ भने निरुता शिह, दिलिप राईमाझि, प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, अभिषेक नेपाल, अनुभब रेग्मी, सेड्रि«ना शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । हरिबोल भण्डारी तथा गौरी राज जोशीको संयुक्त लगानी रहेको फिल्म भदौँ ८ बाट अल नेपाल रिलिज हुने भएको छ ।

२०७५ साउन ८ गते १६:१० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *