मोफसल प्रचार प्रसारका लागि फिल्म ‘कायरा’ यूनिट पोखरामा

काठमाडौं केन्द्रित प्रचार प्रसारलाई बिश्राम दिँदै फिल्म कायरा यूनिट पोखरा पुगेको छ । नायक आर्यन सिग्देलको होम प्रोडक्सनमा निर्माण भएकोे फिल्म ‘कायरा’ यहि साउन १८ देखि देशभर प्रर्दशन हुँदैछ ।
शनिबार गरिएको पत्रकार सम्मेलनमा बोल्दै फिल्मका निर्देशक लक्ष्मण रिजालले फिल्म प्रेम कथामा आधारित रहेको बताए । ‘पोखरा आफै पनि प्रेमील सहर हो,’ उनले भने, ‘पोखरेली दर्शकहरुले कायरा रुचाउनु हुनेछ भन्ने विश्वास लिएको छु ।’
प्रस्तुतकर्ता तथा नायक आर्यन सिग्देलले कायरा माया, प्रेम, हासो, रोदन को समिश्रण रहेको बताए । ‘फिल्म सन्देश भन्दा पनि मनोरञ्जनका लागि हेर्ने गरिन्छ,’ उनले भने, ‘फिल्मको डाइलगलाई युवा दर्शकहरुले रुचाएका छन् । यो फिल्म पनि युवा लक्षित छ आशा छ कथालाई मन पराउनु हुनेछ ।’
नायिका सम्राज्ञी राज्य लक्ष्मी शाहले नयाँ नायकहरुसंग काम गर्नु र अनुभविसंग काम गर्नुमा आकाश जमिनको भिन्नता रहेको बताइन् । नयाँसंग काम गर्दा आफुले नै कहिले काहिं सिकाउनु पर्ने जब म आफै अनुभवि भैसकेको छैन, आर्यन दाईसंग काम गर्दा मैले सिक्ने मात्रै होइन धेरै अुनभव बटुल्ने अवसर पाँए, उनले भनिन् ।
आर्यन करिब २ बर्षपछि फिल्मी पर्दामा देखिँदैछन् ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया