छक्का पञ्जा ३ को गीत ‘ पहिलो नम्बरमा’

- मेराेफिल्म

फिल्म छक्का पञ्जा ३ को गीत पहिलो ‘ पहिलो नम्बरमा’ सार्वजनिक भएको छ । एक दर्जन कलाकार नाचेको गीतको छायाँकन एक साता लगाएर गोकर्ण र नर्लिङ रिसोर्टमा गरिएको थियो । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा दिपकराज गिरी, दीपिका प्रसाईं,  दिपाश्री निरौला,  प्रियंका कार्की,  जितु नेपाल,  केदार घिमिरे,  बर्षा राउत, बुद्धि तामांग, स्वस्तिमा खड्का,  सुमन गिरी ‘भान्जा’ र संजोग कोइराला को नृत्य हेर्न सकिन्छ । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र थापाको शब्द रचना रहेको छ भने स्वर डेभिड शंकर र विन्दु परियारको रहेको छ । गीतलाई पुरुषोत्तम प्रधान र मानकृष्ण श्रेष्ठ दुवैले खिचेका छन् ।

दीपाश्री निरौलाको निर्देशन रहेको फिल्ममा पुरानै कलाकारहरु दोहोरिएका छन् । दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, केदार घिमिरे, वुद्दि तामाङ लगायतका कलाकारहरुसँगै यस पटक नायिका दीपिका प्रसाई  ‘छक्का पन्जा’ टिममा जोडिएकी छिन् भने नायिका प्रियंका कार्की विशेष अतिथिको भूमिकामा देखिने छिन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायाङ्कन रहनेछ । फिल्म दशैँको फूलपातिबाट प्रदर्शनमा आउनेछ ।

२०७५ साउन १४ गते १४:५२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *