११ वर्षीय गायकको ‘अरूलाई निचो’ गीत सार्वजनिक

- मेराेफिल्म

११  वर्षीय गायक अधिश्री कसपालको ‘अरूलाई निचो’ गीत सार्वजनिक भएको छ । सुमधुर स्वरका धनी बाल गायक  कसपालको गीतमा सुबासचन्द्र ढुङ्गेलको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको छ ।

गायक स्वयंको अभिनय रहेको यस म्युजिक भिडियोमा निराजन, राजु र जेनिशा समेतको अभिनय रहेको छ । साथै सृष्टि केसीको पनि विशेष भूमिका देख्न  पाइनेछ । पासाङ योञ्जन लामाले निर्देशन बनेको भिडियोमा ज्ञानेन्द्र शर्माको  क्यामेरा र  प्रवीण श्रेष्ठको सम्पादन रहेको छ । अधिश्रीको यस अघि सरोज खनाल र वर्षा शिवाकोटी अभिनित ‘छोरी अन्माउँदा’ भन्ने गीतको  भिडियो सार्वजनिक भैसकेको छ ।

२०७५ असार २० गते ११:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *