हिरो हिरोइन फ्लप भएपछि चल्दैछ फिल्म

मधुसुदन भट्टराइले सुकुलगुण्डा बनाउने समयमा हिरो जीवन लुइटेल स्टार थिए । जीवन लुइटेललाई राख्दा सिनेमा हिट हुन्छ भन्ने निर्माताले सोच्ने गर्थे । अहिले जीवन लुइटेलको नाम निशाना छैन । जीवन अष्ट्रेलियामा छन् भन्ने हल्ला छ । तर, जीवन लुइटेल सिनेमा वृत्तबाट टाढिएका छन् ।

यो सिनेमामा जीवन लुइटेलकी हिरोइन बनेर डेब्यू गरेकी हिरोइन हुन्, खुश्वु खड्का । खुश्वु खड्का आज नचलेकी हिरोइन साबित भैसकेकी छिन् । खुश्वुलाई लिएर आज कसैले पनि सिनेमा बनाउने हिम्मत गर्दैन ।
जीवन लुइटेलको पिक पोइन्ट, खुश्वुको सिनेमा वृत्तमा केही गर्ने आशाको समयमा सुकुलगुण्डा बनेको हो । तर, सिनेमाको काम चाडै सकिएन कि, सिनेमा चलाउनका लागि निर्मातासँग पैसा भएन कुन्नी । यो सिनेमा बनेको ५–७ बर्षै हरायो ।

तर, अब चलाइदिम न त भनेर यो सिनेमा चलाउन लागिएको छ । जीवन नेपालमा छैनन् । खुश्वुले प्रचार गरेर सिनेमालाई कुनै असर पर्दैन ।सिनेमा बनाएपछि चलोस् भनेरै बनाउने हो । तर, लामो समय थन्काएर, जे सुकै होस् भनेर चलाउनकै लागि त किन सिनेमा बनाउने ?सुकुलगुण्डा आज यस्तै अवस्थामा रिलिज हुँदैछ ।