रञ्जित गजमेर सुगम संगीतमा कम्ब्याक (भिडियो)

संगीतकार रञ्जित गजमेरको संगीत रहेको ‘नहुने केही छैन…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका स्वरुपा आशाको स्वर रहेको गीतमा कुसुम गजमेरको शब्द रचना रहेको छ ।

नेपाली फिल्मका लोकप्रिय संगीतकार रञ्जित गजमेर लामो समयपछि सुगम संगीत मार्फत संगीतकारको रुपमा सुनिएका छन् । मुम्बईमा रहेर संगीत कर्ममा सक्रिय रहेका गमजेर खासगरी नेपाली फिल्म क्षेत्रका सिद्धहस्त संगीतकार हुन् । उनले संगीत गरेका सम्झना, कुशुमे रुमाल, लाहुरे, साइनो आदि फिल्मका दर्जनौं गीतहरु लोकप्रिय छन् ।

म्युजिक भिडियोमा प्रशन्न पौडेलको निर्देशन रहेको छ । म्युजिक भिडियोमा गायिका स्वरुपा आशाकै प्रस्तुती देख्न सकिन्छ । उनलाई बनेपा डान्स क्रिउले नृत्यमा साथ दिएका छन् । विदुर पाण्डेको छायांकनमा तयार पारिएको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।