‘कहिँ कतै’ का ३ पोष्टर

- मेराेफिल्म

श्रावण २५ गते अल नेपाल रिलिज हुने फिल्म ‘कहिँ कतै’ का तीन अफिसियल पोस्टर रिलीज भएका छन् । पोस्टरमा नायक दिलीप रायमाझीको साथ नव कलाकारद्वय सिवानी गिरी र सोनम बरफुङ्गपालाई प्रमूख स्थान दिईएको छ भने एक पोस्टरमा नायक किशोर खतिवडा र नायिका तथा निर्मात्री उमा बेबीलाई समेटिएको छ । सिवानी र सोनमले यहि फिल्मबाट डेब्यू गरेका हुन् ।

शिव ढकाल र बाबु श्रेष्ठको छायांकन रहेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन् । द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ । फिल्मका गीतमा सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ । फिल्ममा अर्जुन जिसीको सम्पादन रहेको छ । शबिर श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्मको पोस्टर टौवा क्रियशनले तयार पारेको हो ।

२०७५ असार २१ गते १५:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *