छबी ओझा र शिल्पा पोखरेलको विवाह भइसक्यो – रेखा थापा

नायिका रेखा थापाले निर्माता छबी ओझा र नायिका शिल्पा पोखरेलको विवाह भइसकेको बताएकी छिन् । उनीहरुले दुई वर्ष अगाडी नै विवाह गरेको खुलासा थापाले गरेकी छिन् । नायिका तथा छबी की पुर्व पत्नी थापाले एक अनलाइनको पहिलो बार्षिक उत्सबको अवसरमा प्रकाशित स्मारिकामा उक्त कुराको खुलासा गरेकी हुन् ।

मिडियाको पछिल्लो अवस्थाको चर्चा गरिएको ‘मिडियाले पक्षधरता लिनुभएन’ शीर्षकको उनको लेखमा रेखाले भनेकीछिन्, ‘तर इरिटेट त्यहाँ नेर हुन्छ जब मलाई छबी ओझासँग अहिले पनि जोडिन्छ । जबकी डिभोर्स भएर उहाँले शिल्पा पोखरेलसँग बिहे गरेको दुई बर्ष भइसक्यो । यहाँ नेर चाहीँ विभेद गरेजस्तो लाग्छ । किनकी जसले विवाह गरिसकेको छ उसलाई उसको वैवाहिक जीवनको बारेमा सोध्दा हुन्छ नि, तर पटक पटक म माथी नै किन प्रहार गर्छ मिडियाले ?’

उनले उक्त लेखमा अझै पनि छबी ओझासँग आफ्नो नाम जोडिने गरेकोमा असन्तुस्टी प्रकट गरेकी छिन् । रेखाले छबी र शिल्पाको विवाह दुई वर्ष अगाडी नै भइसकेको खुलासा गरिरहँदा छबी र शिल्पाले भने अहिलेसम्म आफुहरुले विवाह नगरेको भन्दै आइरहेका छन् ।