‘मेरी मामु’ फस्टलुक पोष्टरमा आयुब सेन

- मेराेफिल्म

निर्माता सन्तोष सेन निर्मित फिल्म ‘मेरी मामु’ को फस्टलुक पोष्टर सार्वजनिक भएको छ । रानी डेब्यू नायक सारुक ताम्राकार र प्रेमगीत २ डेब्यू नायिका अश्लेषा ठकुरीको मुख्य भूमिका रहेको फिल्ममा निर्माता सेनका छोरा आयुब सेनका साथै नायिका कुसुम गुरुङ, भूवन चन्द,  दुर्गा मल्ल, कृजन गौतम, शुभम बिष्ट समेतको अभिनय रहेको छ । याम थापाको लेखन तथा निर्देशन रहेको फिल्म मेरी मामु भदौ १५ बाट विश्वव्यापी रिलिज गर्ने योजना निर्माण टिमको रहेको छ ।

२०७५ असार २४ गते १४:४१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *