नन्दिता र बाबुको ‘अमेरीकन बाबु मेड इन नेपाल’ ट्रेलर रिलिज

पूर्ण छायांकन अमेरीकामा गरिएको फिल्म ‘अमेरीकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्बजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरीका बस्ने नेपालीहरुकै कथा समेटिएको छ भने फिल्ममा अमेरीकामा बस्दै आएका नेपाली कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा ईश्वर थापाको निर्देशन तथा सम्पादन रहेको छ ।
ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको यस फिल्ममा नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेती पौल, राजेश गुरुङ, बाबु बोगटी, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा रिलिज पक्का भैसकेको जानकारी निर्देशक ईश्वर थापाले दिएका छन् । यद्यपी फिल्मको नेपाल प्रदर्शन मिति भने तोकिएको छैन ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया