‘प्रेमक बसात’ ट्रेलर रिलिज, आइटम गीतमा नम्रता

मैथिली भाषाको सबैभन्दा महंगो फिल्म ‘प्रेमक बसात’को आइतबार राजधानीमा एक कार्यक्रमका बिच ट्रेलर तथा गीत रिलिज गरिएको छ । मुम्बईमा निर्माण भएको ‘प्रेमक बसात’ एउटा प्रेम कथामा आधारित फिल्म हो ।

हिन्दु र मुश्लिमले एक अर्कासँग विहे गर्दा आइपर्ने समाजिक समस्यामा आधारित फिल्ममा नेपालका मोडल पियूष कर्णको मूख्य भूमिका रहेको छ भने सहकलाकारको रुपमा भारतीय नायिका रैना बेनर्जीले अभिनय गरेकी छिन् । भारतका चर्चित गायक आदित्य नारायण र तोचि रैनाले मैथिली फिल्मको गीतमा पहिलोपटक आवाज भरेका छन् । वेदान्त झाले निर्माण गरेको फिल्ममा रुपक सरारको लेखन तथा निर्देशन रहेको छ । फिल्ममा सरोज सुमन, प्रवेश मल्लिक, एस।कुमार लगायतको संगित रहेको छ ।

जे एन के इन्टरटेनमेन्टको ब्यानरमा करोड बढीको लगानिमा तयार भएको फिल्म नेपालका विभिन्न शहर सहित भारत, दुबई, कतार, अष्ट्रेलिया लगायतका देशमा एकैसाथ रिजिल गर्ने तयारी भएको निर्माण यूनिटले बताएको छ । मैथिली भाषालाई विश्वव्यापी बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास निर्माण यूनिटको रहेको छ ।

फिल्ममा समावेश ‘ललमुनियाके ताडी’ बोलको आइटम गीतमा नायिका नम्रता सापकोटाले आफ्नो प्रस्तुती दिएकी छिन् । आगामी अगस्ट १ तारिखमा काठमाडौँमा बिशेष च्यारिटी शो गरिने जानकारी समेत निर्माण यूनिटले दिएको छ ।