‘बोबी’ ग्राण्ड प्रिमियर (फोटो फिचर)

असार २९ शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म बोबीको काठमाडौंमा ग्राण्ड प्रिमियर गरिएको छ । ब्याण्ड बाजा सहित कलाकारको स्वागत गर्दै फिल्मको प्रिमियर गरिएको हो । सत्य कथा र वास्तविक पात्रको अभिनय रहेको फिल्म बोबीमा उमेश थापा र कविता गुरुङसँगै उनीहरुका छोरा एलियास थापाको मुख्य अभिनय रहेको छ । यी दुईको प्रेम, संघर्ष र सफलताको कथा फिल्म बोबी भित्र समेटिएको छ ।

फिल्ममा यी तिनका अलावा विजय लामा, रुबी राणा शाह, देशभकत खनाल, रश्मि भट्ट, रवि गिरी, सुरवीर पण्डित, बादल भट्ट, पुर्णिमा लामा, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चाम्स ईन्टरटेनमेन्ट र लण्डन सिने आई इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको बोबीमा संचारकर्मी नरेश भट्टराईको स्किृप्ट, नवराज कृष्ण थापाको छायांकन, अर्जुन जिसीको सम्पादन र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । फिल्म असार २९ बाट अलनेपाल रिलिज हुने भएको छ ।