अन्जु पन्तको गीत ‘आउ न राजै आउ’ सार्वजनिक

गायिका अन्जु पन्तको आवाजमा गीत ‘आउ न राजै आउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उनलाई स्वरमा संगीतकार जितेन लेप्चाले साथ दिएका छन् । गीतमा संचारकर्मी प्रकाश सापकोटाको शब्द रहेको छ । अहिलेको जल्दो बल्दो समस्या बिदेशिनुको बाध्यतामा युवा र युवतीको आफ्नै आफ्नै विचारलाई गीत मार्फत प्रस्तुत गरेका छन् ।

उक्त गीतको भिडियो निर्देशन मिलन शंकरले गरेका छन् । मोडल सम्पदा बानियाँ सहितका कलाकार लिएर म्युजिक भिडियो तयार गरिएको छ ।