बसन्त सापकोटाको ‘जाली रुमाल’

बसन्त सापकोटाको नयाँ गीत ‘जाली रुमाल’ सार्वजनिक भएको छ ।

गीतको शब्द, संगीत तथा स्वर बसन्त सापकोटा कै रहेको छ । अर्जुन अधिकारी निर्देशित म्युजिक भिडीयोमा निराजन प्रधान र मरिस्का पोख्रेलको अभिनयलाई हेर्न सकिन्छ । उक्त भिडीयोको कोरियोग्राफी सुरेन बस्याले  गरेका हुन् । म्युजिक भिडीयोमा उत्सव दाहालको छायांकन रहेको छ भने निशान घिमिरेको सम्पादन रहेको छ ।