फ्राइडे रिलिज : हलमा ४ फिल्म

शुक्रबारबाट हलमा ४ फिल्म ‘बोबी’, ‘बिरंगना’, ‘बाबुकान्छा’ र ‘यो पागल मन’ रिलिज भएका छन् ।

शिल्पा पोखरेल र अनुप विक्रम शाहि अभिनित फिल्म वीराङ्गना आज बाट देश भर रिलिज भएको छ । नारी प्रदान फिल्मलाई एक्शन जनरामा निर्माण गरिएको छ । बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार र विमला भट्ट निर्माता तथा देव तामाङ सह-निर्माता रहेको वीराङ्गना र्फोथ आई मुभिजको ब्यानरमा निर्माण गरिएको हो । फिल्ममा शिल्पा र अनुपका अलावा पृथ्वी राज प्रसाई, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेल, अंशु थापा, अमृत सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका निर्देशक राज बहादुर साने रहेका छन् ।

रियल स्टोरी, रियल क्यारेक्टर अभिनित फिल्म ‘बोबी’ मा मुख्य कलाकार उमेश थापा र कबिता गुरुङ रहेका छन् । नवराज कृष्ण थापाको छायांकन, बनिश शाहको सम्पादन रहेको भिडीयोमा कोरियोग्राफी कबिराज गहतराजको रहेको छ । फिल्ममा कबिता गुरुङ र उमेश थापासँगै बिजय लामा, रुबी राणा शाह, देश भक्त खनाल, रश्मि भट्ट, सुरबिर पन्डित, रबि गिरी, बालदिप राई, शिशिर राना, पूर्निमा लामा, बादल भट्ट लगायतका कलकारहरुको अभिनय रहेको छ । फिल्मको निर्देशन तथा निर्माण मिलन चाम्सले गरेका हुन । फिल्ममा स्कृप्ट नरेश भट्टराई र गिरीराज घिमिरेको रहेको छ भने अर्जुन जिसीले फिल्मको सम्पादन गरेका हुन । फिल्म चाम्स ईन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको हो ।

शोभित बस्नेतको निर्माण तथा निर्देशन रहेको ‘बाबु कान्छा’मा सलोन बस्नेत, नीर शाह, सरोज खनाल, राजाराम पौडेल, लय संगौला, करिष्मा श्रेष्ठ, ऋतिक शाही, सम्राट सापकोटा, मञ्जु पौडेल, गीता अधिकारी, रामेश्वर रिजाल, शुशान्त श्रेष्ठ, बिक्रम कंडेल लगायतको अभिनय रहेको छ । यस फिल्मबाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दैछन । संचारकर्मी रबि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रुपमा रहेका छन् । बाबु श्रेष्ठ र कृष्ण श्रेष्ठको छायांकन रहेको फिल्ममा रामजी लामिछाने र दिपेन्द्र तिमिल्सेनाको कोरियोग्राफी रहेको छ । फिल्ममा अस्ट महर्जनको द्वन्द, गौतम राज खड्काको सम्पादन, टंक बुढाथोकीको संगीत रहेको छ भने ओम सुनारले ‘कर्णवीरको चन्द्रमा झैं राम्री छौ’गीतलाई रिमिक्स गरेका छन ।

त्यस्तै फिल्म ‘यो पागल मन’ पनि आजै बाट प्रदर्शनमा आएको छ । लब स्टोरी फिल्म ‘यो पागल मन’ मा बिनोद न्यौपाने,रिचा सिंह ठकुरी, गौरी मल्ल,राजेश ढुंगाना,मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवर लगायतको अभिनय रहेको छ ।कल्याण अधिकारी निर्देशित फिल्ममा बिरेन्द्र कुमार यादब र कल्याणको लगानी रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले छायांकन गरेका हुन् । अनिल गौतमको सम्पादन रहेको फिल्ममा भोमन कटुवाल मुख्य सहायक निर्देशन रहेका छन् । कमल राइको कोरियोग्राफी रहेको फिल्ममा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।