वरिष्ठ सौन्दर्यविद महरा ‘राष्ट्रिय उद्यमी सम्मान २०७५’बाट सम्मानित

वरिष्ठ सौन्दर्यविद सुष्मा महरा ‘राष्ट्रिय उद्यमी सम्मान २०७५’बाट सम्मानित भएकी छिन् । महराले विगत १० वर्षदेखि फेसियल हाउस (ब्युटि सैलुन) व्यवसायलाई देशका विभिन्न भागसम्म पुर्याइ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा हजारौंलाई रोजागारी प्रदान गर्दै देशको विकासमा योगदान पुर्याएको भन्दै सत्-बिचार राष्ट्रिय मासिक पत्रिकाको नवौ बार्षिकोत्सबको अबसरमा राजधानीमा सम्पन्न भएको सम्मान तथा बिबिध सास्कृतिक कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

उनलाई स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्मा कुमारी अर्यालले एक समारोहमा ‘राष्ट्रिय उद्यमी सम्मान २०७५’बाट सम्मानित गरेकी हुन् । कार्यक्रममा उनको काम नेपालकै नमूना रहेको भन्दै प्रशंसा गरिएको थियो ।

सौन्दर्य ब्यवसायमा महिलाहरु धेरै रहेको अवस्थामा पुरुषहरुलाई समेत उनले रोजागारीको अवसर सिर्जना गरेकी छिन् । उनको फेसियल हाउसको आउटलेट काठमाडौं र बाहिर गरि ६ स्थानमा विस्तार भइसकेको छ । सेवाका साथै सस्तो मूल्यमा कस्मेटिक सामान उपल्वध गराउने महरा ब्युटी सप समेत स्थापना गरिएको छ ।

सेवासँगै सीप हस्तान्तरणलाई पनि जोड दिँदै आएकी छिन् महराले । त्यसैले फेसियल हाउसले अन्तर्राष्ट्रिय स्तरको फेसियल हाउस ब्युटि एकडेमी समेत सञ्चालन गरेको छ । सुन्धारास्थित सिटिसी मलमा सञ्चालित उक्त ब्युटि एकडेमी सम्भवतः नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरका एकेडेमी हो ।
महराका अनुसार फेसियल हाउस ब्युटि एकेडेमीबाट ज्ञानसीप हासिल गरेकाहरुले नेपालको साथै युरोप तथा अमेरिकामा समेत रोजगारी प्राप्त गरिरहेका छन् । उनी भन्छिन्, ‘त्यहाँ ब्युटिसियनको महत्व नर्सको जत्तिकै हुने भएकाले अन्तर्राष्ट्रिय स्तरकै शिक्षा हामीले दिइरहेका छौं ।’

पार्लर खोल्नु मात्रै महत्वपूर्ण कुरा नभइ सम्बन्धित क्षेत्रका विज्ञद्वारा सञ्चालन गर्नु, विश्वास जित्नु र निरन्तर स्तर वृद्धि गर्नु ठूलो कुरा रहेको उनको बुझाई छ । उनी भन्छिन्, ‘हामीले अनुभवी कर्मचारी मार्फत् सेवा दिने गरेका छौं । त्यसकारण प्रत्येक आउटलेट गुणस्तरीय छन् ।’

निकट भविष्यमा महरा इन्टरप्राइजेजको स्थापना गर्ने लक्ष्य सहित आगाडी बढेकी महराले यसअघी पनि दर्जनौ सम्मानहरु प्राप्त गरिसकेकी छिन् ।