उपत्यकामा साउन १ बाट बक्सअफिस प्रणाली लागु

साउन १ गतेबाट बक्सअफिस प्रणाली काठमान्डौ उपत्यकामा लागू हुने भएको छ । राजधानीका अधिकांशमा बक्सअफिस सिस्टम जडान भइसकेको छ । वर्तमान सरकारद्वारा जारी ०७५र०७६ को बजेटमा राजश्व संकलन गर्नका लागि आगामी आर्थिक वर्षबाट बक्स अफिस प्रणाली ‘ई–टिकेटिङ सिस्टम’ लागू गर्ने निर्णय पश्चात साउन १ गतेबाट काठमान्डौ उपत्यकामा बक्सअफिस प्रणाली लागू हुने भएको छ । चलचित्र विकास बोर्डले बैशाख १ गते बाटै बक्स अफिस लागु गर्ने भने पनि कार्यान्वयन हुन सकेको थिएन ।

उपत्यका बाहिरका हलमा भने अर्को आर्थिक वर्षको अन्त्यसम्ममा बक्सअफिस सिस्टम जडान गरिसक्ने चलचित्र विकास बोर्डको तयारी छ । बक्सअफिस लागू नहुँदा वर्षौदेखि निर्माताहरुले आफ्नो फिल्मको कति ब्यापार भयो स्पस्ट रुपमा जान्न सकेका थिएनन । तर अब भने अनलाइन डाटाको माध्यमबाट कमाइको बारेमा जानकारी प्राप्त गर्न सजिलो हुनेछ ।