रेखाको ‘हल्का माया के माया’ (भिडियो)

रेखा फिल्म्स को प्रस्तुति फिल्म ‘मालिका’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘हल्का माया के माया’ बोलको गीतमा अन्जु पन्त को आवाज रहेको छ । गीतमा नारा कार्की को शब्द रचना तथा सुरेश अधिकारीको संगीत रहेको छ । रेखा थापा फिचार्ड गीतमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

मुख्य सहायक निर्देशक नवराज आचार्यका साथमा फिल्मको निर्देशन रेखा स्वयंको रहेको छ । मालिकामा रेखा र नरबहादुर कार्कीसँगै जाजरकोटकी चौध वर्षिय बालिका कमला ओलीको मुख्य भूमिका रहेको छ । रेखाको आफ्नै स्क्रिप्ट रहेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ । हिम्मतवाली पछि रेखा मालिका मार्फत निर्देशनमा फर्किएकी हुन् ।