आर्यनको अंगालोमा श्रृष्टी

सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ को शिर्ष गीतको छायाँकन सकिएको छ । सार्वजनिक तस्बिरमा नायिका श्रृष्टी श्रेष्ठ नायक आर्यन अधिकारीको अंगालोमा बाँधिएकी छन् । तस्बिर सार्वजनिक भएसँगै गीतप्रति चासो बढेको छ । अर्जुन पोखरेलको संगीत रहेको गीतको भिडियोमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । कुलेखानी र राजधानीमा पाँच दिन लगाएर फिल्मको गीत खिचिएको निर्देशक श्रेष्ठले बताए ।

बाँध मायाले असोज ५ मा प्रदर्शन हुँदैछ । रामहरी धिताल र विभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द निर्देशन रोशन श्रेष्ठको छ । फिल्ममा आर्यन र श्रृष्टी सँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ ।