प्रदीप, साम्राज्ञी र नीति एउटै फ्रेममा

के तपाई अहिलेको समयका दुई हिट कलाकार प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पर्दामा संगै हेर्न चाहनुहुन्छ ? यदी हुन्छ भने त्यो अब पुरा हुने पक्का पक्की भएको छ । नायक प्रदीप खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह एउटै फ्रेममा देखिंदै छन् ।

केहि समय पहिला नायक प्रदीप खड्का र सम्राज्ञी राज्यलक्ष्मी शाह फिल्म ‘भैरवी’ मा संगै देखिने हल्ला चलेको थियो । तर त्यो अहिले सम्म पनि हल्लामा नै सिमित छ । उक्त फिल्मका लागि प्रदीप अनुबन्धित भैसकेका छन् भने साम्राज्ञीले उक्त फिल्म नगर्ने हल्ला छ ।

नायक प्रदीप फिल्म प्रेम गीत बाट चर्चामा आएका कलाकार हुन् । उनले ‘प्रेम गीत’ पश्चात ‘प्रेम गीत २’ र ‘लिलिबिली’ जस्ता सफल फिल्ममा काम गरिसकेका छन् । त्यस्तै नायिका साम्राज्ञी पनि पहिलो फिल्म ड्रिम्सबाट नै चर्चामा छिन् । उनी अभिनित दोश्रो फिल्म ए मेरो हजुर २ पनि सफल फिल्म हो ।

प्रदीप र साम्राज्ञी अहिलेका डिमाण्डेड कलाकार हुन् । उनीहरुका फ्यान फलोअर्स पनि धेरै छन् । उनीहरुलाई संगै पर्दामा देख्न पाउने कुराले पनि फ्यानहरुमा पक्कै उत्साह थप्ने छ ।

प्रदीप साम्राज्ञीसंग काम गर्न पाउँदा उत्साहित भएको बताउँछन् । उनि भन्छन्, ‘फ्यानहरुले सधै सोधिरहने प्रश्न नै सम्राज्ञीसंग कहिले काम गर्नुहुन्छ भन्ने थियो अब त्यो बन्द हुने भएको छ ।’ त्यस्तै साम्राज्ञीको तर्क पनि त्यहीं छ । ‘मेरो फ्यानहरुले पनि प्रदीपसंग कहिले फिल्म गर्ने सोध्नु हुन्थ्योयो फाइनाल्ली हामी संगै आउदै छौ ।’

मेरो फिल्मलाई प्राप्त तस्बिर अनुसार उक्त फ्रेममा मिस नेपाल इन्टरनेश्नल २०१८ नीति शाह पनि देखिने छिन् । उक्त फ्रेममा नीति पनि हुनाले प्रोजेक्ट अझै प्रतिक्षित बनेको छ । नीतिका पनि धेरै फ्यान फलोअर्स छन् ।

यति भनिरहदा प्रदीप, साम्राज्ञी र नीति संगै फिल्ममा भने देखिने भएका हैनन् । उनीहरु एक विज्ञापनमा संगै फ्रेम शेयर गर्दै छन् । उक्त विज्ञापन छिटै सार्वजनिक हुदैछ ।