प्रियंका – निक इन्गेजमेन्टका पाहुना (फोटो फिचर)

पछिल्लो केहि समय देखि निक जोनास र प्रियंका चोपडाको प्रेम चर्चाले बलिउड तताईरहेको छ । उनीहरु पछिल्लो तीन महिना देखि डेट गरिरहेका छन् । छोटो समयको डेट पस्चात प्रियंकाको जन्मदिनको अवसर पारेर निक र प्रियंकाले इन्गेजमेन्ट गरेका हुन् । उनीहरुले भारतीय रितीरिवाजमा रहेर  इन्गेजमेन्ट गरेका छन् । इन्गेजमेन्टको फोटो सामाजिक सञ्जालमा पोस्ट भएसँगै निक र प्रियंकालाई बलिउड सेलिव्रेटीहरुको शुभकामना धमाधम मिलिरहेको छ । ईन्गेजमेन्टमा अनुषा डांडेकर, आलिया भाट, आयुष शर्मा, सिद्धार्थ रोय कपूर, विशाल भारद्धाज लगायतका कलाकारहरुले सहभागिता जनाएका थिए ।