देश दौडाहमा प्रदिप खड्का स्टारर फिल्म ‘रोज’

प्रदिप खड्का स्टारर फिल्म ‘रोज’ ले प्रचार-प्रसारलाई तिव्र बनाएको छ । म्युजिकल्ली प्रतिस्पर्धा पछि निर्माण टिम देश दौडाहा निस्कने भएको छ । देशका प्रमुख आठ सहरमा हुने पत्रकार सम्मेलन र सांगीतिक कन्सर्ट मार्फत दर्शकलाई फिल्म बारे जानकारी दिइने निर्देशक नीरक पौडेलले बताए । फिल्म निर्माण टिमले पोखरा बुटवल नारायणगढ, इटहरी धरान दमक र बिर्तामोडमा कार्यक्रम आयोजना गर्नेछन् । भदौ १४ मा पोखरा बाट सुरु हुने टुर २० भदौमा राजधानी काठमाडौंमा कन्सर्ट र प्रेसमिट सहित समापन हुनेछ ।

गोपी कृष्ण मुभिज र आरोही इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्मित फिल्म ‘रोज’मा नायक प्रदिप खड्कासँग नायिका पारमिता आरएल राणा र नायिका मिरुना मगरले स्क्रिन सेयर गर्दैछन् । फिल्ममा प्रदिप, मिरुना र पारमिताका अलावा कर्मा शाक्य, बरुण आरएल राणा, रबिन्द्र खड्का, प्राक्षी श्रेष्ठ लगायतको अभिनय रहेको छ । निरक पौडेलले निर्देशन गरेको फिल्म रोजीमा आयरा पौडेल र आरोही केसीको निर्माण रहेको छ । फिल्ममा राजु बिक्रम थापाको छायाङ्कन, मित्र डि गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत र कविराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी रहेको छ ।