हिट फिल्म कहिले आउँछ होला ?

नेपाली फिल्म क्षेत्रमा कती अभिनेत्री आए गए केही लेखा जोखा छैन । तर आफ्नो परिश्रम र मेहनतले टिकी राखेका कम मात्र त्यस्ता नायिकाहरु छन् जो न हिट छन् न फ्लप । चर्चाको हिसाबमा उनीहरु हिट छन् तर उनीहरुले अभिनय गरेका फिल्महरु औसत मात्र चलेका छन् । व्यक्तिगत सफलता हाँसिल गरेका तर फिल्मलाई व्यवसायिक रुपमा सफल बनाउन नसकेका चार नायिकाहरुको चर्चा हामी गर्दैछौँ :

नम्रता श्रेष्ठ

नेपाली फिल्म क्षेत्रमा चर्चित र चल्तीको नाम हो नम्रता श्रेष्ठ । हाल सम्म १३ फिल्ममा अभिनय गरिसकेकी उनले सुपरहिटको स्वाद भने चाख्न पाएकी छैनन् । उनले अभिनय गरेका फिल्मले आज सम्म पनि व्यावसायिक रुपमा सफल हुन पाएका छैनन् । लगानी रिकभर गरेको फिल्म सम्भवत ‘नोभेम्बर रेन’ मात्र होला ।

औसत ब्यापारमा सिमित उनका फिल्मलाई मध्यनजर नजर गर्ने हो भने उनलाई औसत चर्चा कमाउने अभिनेत्री भन्नुपर्छ । तर, उनका फिल्म औसत चर्चित भए पनि उनको अभिनयको चर्चा भने गज्जबको छ । नेपालकी महंगी अभिनेत्रीमा पर्छिन् नम्रता । सिमित र रोजाइका फिल्ममा मात्र काम गर्ने गरेकी उनले एउटै फिल्मका लागि १२ लाख सम्म पारिश्रमिक लिन्छिन् । तर उनको पारिश्रमिकको साख उनका फिल्महरुले जोगाउन सकेका छैनन् भन्दा पनि हुन्छ ।

पछिल्लो समय उनले अभिनय गरेका दुई फिल्म ‘प्रसाद’ र ‘जायरा’ प्रदर्शनको पर्खाईमा छन् ।
नम्रताको हिट फिल्म कहिले आउँछ भनेर पर्खिरहेका उनका दर्शक र नम्रता स्वयमलाई हिट हुने अवसर ‘प्रसाद’ र ‘जायरा’ले जुराउला त ?

नम्रता श्रेष्ठले अभिनय गरेका फिल्महरु :
सानो संसार, मेरो एउटा साथी छ, फस्ट लभ, मिस यु, छड्के, मौन, मेघा, नोभेम्बर रेन, ताण्डव, सोल सिस्टर, अर्धकट्टी, क्लासिक, होमवर्क, सम्बोधन, पर्व लगायत अन्य ।

केकी अधिकारी

केकी अधिकारीको चर्चा हेर्ने हो भने पछिल्लो समय नेपालका चल्तीका अभिनेत्रीहरुको भन्दा कम छैन । चर्चाका हिसावले अग्र स्थानमा रहेकी केकीका फिल्महरुले भने चर्चा कमाउन सकेका छैनन् । उनको अभिनय रहेका फिल्महरु व्यावसायिक रुपमा सफल हुन सकेका छैनन् । हिटको स्वाद उनका फिल्मले पनि चाख्न पाएका छैनन् ।

२००८ बाट सुरु भएको उनको फिल्मी करीयर २०१८ सम्म आइपुग्दा उनले १८ भन्दा बढी फिल्ममा अभिनय गरिसकेको छिन् । उनले फिल्म स्वरबाट डेब्यु गरेकी थिइन् । पछिल्लो समय उनको अभिनय तथा निर्माण रहेको फिल्म कोहलपुर एक्सप्रेस प्रदर्शनमा आएको थियो । हालाकी उनको निर्माण तथा अभिनय रहेको पछिल्लो फिल्म कोहलपुर एक्सप्रेसले लगानी सुरक्षित गरेको थियो ।

उनले एक फिल्ममा अभिनय गरेको राम्रै रकम लिने गरेकी छिन् । पछिल्लो समय उनको अतिथी भूमिका रहेको फिल्म नाई नभन्नु ल ५ भदौ ८ गते शुक्रवारबाट प्रदर्शनमा आउँदै छ ।

केकी अधिकारीले अभिनय गरेका फिल्महरु :
स्वर, मसान, आई एम सरी, महसुस, बितेका पल, मेरो बेस्ट फ्रेन्ड, श्री पांच अम्बरे, मुटु – द हार्ट बिलोंग्स टु यु, फन्को, बाग्मति, पुनर्जन्म, भाग सानी भाग, हाउ फन्नी, साबित्री, लभ सासा, राज्जा रानी, कोहलपुर एक्सप्रेस लगायत अन्य ।

ऋचा शर्मा

अभिनेत्री ऋचा शर्मा आफुलाई अभिनेत्री भन्दा पनि कलाकार भन्न रुचाउँछिन् । ‘अभिनेत्रीको फिल्म क्षेत्रमा छोटो आयू हुन्छ । म त लामो रेसको घोडा हुँ’ ऋचाले अक्सर भन्ने गरेकी छिन् । उनले अभिनय गरेका फिल्मले औसत मात्र ब्यापार गर्ने गरेका छन् । उनले अभिनय गरेक फिल्म फर्स्ट लभ र लुट हिट भए पनि अन्य फिल्म भने औसत मात्र देखिएका छन् । उनका अन्य फिल्म हिटको लिस्टमा अटाउन सकेका छैनन् ।

उनले हाल सम्म १५ भन्दा बढी फिल्ममा अभिनय गरेकी छिन् । ती फिल्महरुमा उनले गरेको अभिनयको राम्रै तारिफ पनि भएको छ । तर, फिल्महरु भने व्यावसायिक रुपमा असफल रहँदै आएका छन् । उनले एक फिल्मका लागि ४ लाख सम्म पारिश्रमिक लिने गरेकी छिन् ।

पछिल्लो समय उनको अभिनय रहेको हरर जनराको फिल्म ‘सुनकेसरी’ प्रदर्शनमा आएको थियो । उक्त फिल्मले पनि कुनै जादु प्रदर्शन गर्न नसकेपछी उनी हिटका लागि फेरी पनि पतिक्षा मै सिमित भएकी छिन् ।

ऋचा शर्माले अभिनय गरेका फिल्महरु :
फस्ट लभ, मेरो लभ स्टोरी, हाइवे, लुट, भिसा गर्ल, टलकजंग भर्सेज टुल्के, जिन्दगी रक्स, केरी अन कटन, को आफ्नो, सुनकेसरी लगायत अन्य ।

प्रियंका कार्की

फिल्म ‘मेरो बेस्ट फ्रेन्ड’ नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी नायिका हुन् प्रियंका कार्की । तर उनले अभिनय गरेको पहिलो फिल्म प्रदर्शन नहुँदै उनले करिब ३ दर्जन बढी फिल्ममा अभिनय गरिसकेकी छिन् र ती प्रदर्शनमा समेत आइसकेका छन् । पहिलो फिल्म भने बल्ल प्रदर्शनको तयारीमा रहेको छ ।

उनले ३ दर्जन बढी फिल्ममा अभिनय गरिसक्दा पनि सोलो हिरोइनको रुपमा भने कुनै पनि फिल्ममा देखिएकी छैनन् । प्रियंकालाई पुरै फिल्म होल्ड गर्न सक्ने हिरोइन मानिँदैन तर पनि उनको माग र चर्चा शिखरमा छ ।

उनको व्यस्तता दिन प्रतिदिन बढ्दो छ । तर उनले अभिनय गरेका फिल्महरुले सुपरहिटको स्वाद चाख्न भने पाएका छैनन् भन्दा अतियुक्ति नहोला । उनको अतिथी भूमिका रहेको फिल्म नाई नभन्नु ल ५ भदौ ८ गते शुक्रवारबाट प्रदर्शनमा आउँदै छ ।

प्रियंका कार्कीले अभिनय गरेका फिल्महरु :
थ्री लभर्स, कलिउड, भिजिलान्ते, कर्कश, नेपथ्य, झोले, नाइँ नभन्नु ल २, आवरण, मेरो बेस्ट फ्रेन्ड, हँसिया, पुन्टे परेड, श्री पाँच अम्बरे, सुन्तली, माला, षडङ्ग, मिसन पैसा २, नाई नभन्नु ल ३, वडा नम्बर ६, लुटेरा, कबड्डी कबड्डी, फन्को, क्लासिक, हाउ फन्नी, नाई नभन्नु ल ४, छक्क पन्जा , पुरानो डुंगा, राधे, लाल्टिन, छक्क पन्जा २, फाटेको जुत्ता, बटरफ्लाई, ह्यापी डेज, शत्रु गते, कोहलपुर एक्सप्रेस, मट्टी माला, नाई नभन्नु ल ५ लगायत अन्य ।