फिल्म ‘ब्ल्याक एयर’ शुभमुहुर्त

बिहीबार काठमाडौंको मैतीदेवी मन्दिर परिसरमा नेपाली फिल्मका केहि कलाकारहरुको उपस्थितिमा योगेन्द्र पनेरु निर्माता रहेको फिल्म ‘ब्ल्याक एयर’ को शुभमुहुर्त गरिएको छ । सुरेन्द्र बुढाथोकी र  रश्मी शाहको मुख्य भूमिका रहने फिल्ममा उकेश पनेरु, अनुपा खड्का, देव सागर,पवन भट्टराई लगायतको कलकारहरुको अभिनय रहने छ  । फिल्म भदौ १० गतेबाट फ्लोरमा जादैछ ।

भुकम्पले पुर्याएको क्षतिको बिषयमा बन्ने फिल्म काठमाडौं र ललितपुरमा छायाँकन हुने निर्माण पक्षले जानकारी दिएको छ । फिल्मलाई लक्षु गौतमले निर्देशन गर्ने छिन भने क्यामेरामा रामेश्वर हुमागाँई रहने छन् । फोकस आउट मिडिया प्रा.ली.को ब्यानरमा निर्माण हुने उक्त फिल्म भुकम्प गएको दिन पारेर २०७६ बैशाख १२ गते प्रर्दशनमा ल्याउने निर्माण पक्षको तयारि रहेको छ ।