‘द भ्वाइस अफ नेपाल’ प्रतियोगिता सुरु (भिडियो सहित)

संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’  शनिबारबाट प्रसारण सुरु भएको छ । हिजो बेलुकी बेलुका ९ बजे कान्तिपुर एचडी र डिस होम रमाइलो एचडीमा कार्यक्रम पहिलो पटक प्रसारण भएको छ । विश्वका विभिन्न देशहरुमा सफल प्रसारण भएको यो प्रतियोगिताले नेपालमा पनि सबैको मन जित्ने विश्वास कार्यक्रम निर्देशक लक्ष्मण पौडेलको रहेको छ ।

मोबइल एप मार्फत डिजिटल अडिसनमा छानिएका प्रतिस्पर्धीहरु यसमा प्रतियोगितामा सहभागी हुनेछन् । पहिलो ब्लन्ट अडिसन हुनेछ, जहाँ जजहरुको असामु प्रतियोगीले आफ्नो प्रस्तूति दिने छन् । जजहरुले प्रतिस्पर्धीलाई मन पराए अफ्नो रोटाटिङ चेयरमा राखेको बटम थिचेर ‘आइ वान्ट यू’ भनेर आफ्नो समर्थन गरेपछि प्रतिस्पर्धीले आफूले मन परेको कोच छानेर ग्रुपमा सामेल हुनुपर्ने छ ।

ब्याटल राउण्ड जाने एउटै ग्रुपमा दुई जना प्रतिस्पर्धीले एउटै गीत गाउने छन् र कोचले दुईमध्ये एक जनालाई अगाडि लैजाने छन् । यसका साथै अन्य विभिन्न रमाइलो चरणहरु पार गर्दा त्यसमा सबै कोचहरुको ग्रुपबाट छानिएका एक एक प्रतिस्प्रर्धीबीच फाइनल कार्यक्रम हुने छ । त्यस मध्य एक जना विजेता हुनेछन् ।

द भ्वाइस अफ नेपाल ब्लाइन्ड अडिसन पछि बाहिरिएका सहभागीहरुसँग द भ्वाइस अफ नेपालको अफिसियल फेसबुक पेजमा लाइभ अन्तरवार्ता गरिने छ । साथै द भ्वाइस अफ नेपालको प्राविधिक पार्टनर सवि टेक्नोलोजीका अनुसार द भ्वाइसन अफ नेपालको मोबइल एप सोसियल मिडिया यूटुबमार्फत रमाइला कन्टेन्टहरु पनि प्रस्तुत गर्ने गरिने छ । समाजिक मिडियामा पृथक किसिमले आफ्नो एक आफसमा रमाइलो अन्य कार्यक्रमहरु पनि प्रसरण गरिने छ ।

यस्तै कारणहरुले गर्दा यो सो नेपालको सबैभन्दा राम्रो सो बन्ने एएनसी इभेन्ट म्यानेजमेन्टका प्रबन्धक निर्देशक प्रल्हादसिंह महतले जानकारी दिए ।

द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगद सहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुरको अवसर प्राप्त गर्ने छन् ।