‘क्याप्टेन’ फष्टलुक पोष्टरमा अनमोल

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ को फष्टलुक पोष्टर सार्वजनिक भएको छ । अनमोललाई पोष्टरमा फुटबल खेलाडीको रुपमा प्रस्तुत गरिएको छ । पोष्टरमा अनमोलको खुट्टाले बललाई किक गर्दै भए पनि अनमोल भने बलतिर नभई अगाडी अर्थात क्यामराको लेन्स तिर हेर्दै देखिन्छन् ।

अनमोलको होम प्रोडक्शनमा निर्माण गरिएको फिल्म क्याप्टेनमा उनी फुटबल क्याप्टेनको भूमिका निर्वाह गर्दै छन् । भुवन केसी निर्माता रहेको फिल्मका निर्देशक दिवाकर भट्टराई हुन् । प्रशान्त ताम्राकार फिल्ममा अनमोलको अपोजिटमा देखिने छन् । फिल्म तिहारमा रिलिज आउने अनौपचारिका घोषणा भए पनि पोष्टरमा डेट भने सार्वजनिक गरिएको छैन ।