‘बाँध मायाले’ फेसबुक प्रचार प्रसारमा

असोज ५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ यूनिटले प्रचारको नयाँ शैली अपनाएको छ । विशेषतः सामाजिक सञ्जाल फेसबकुमा जोडिएका दर्शकलाई मध्यनजर राख्दै फिल्मको प्रचार सुरु गरिएको हो ।
प्रत्येक दुई दिनमा फिल्म बाँध मायालेको एउटा प्रश्न फिल्मको अधिकारिक फेसबुक पेज मार्फत सोधिनेछ । सोधिएको प्रश्नमा सही जवाफ दिनेलाई पाँच सय रुपैयाँको रिचार्च कार्ड प्रदान गरिनेछ । यो क्रम भदौको अन्तिम दिनसम्म जारी रहने निर्देशक सविर श्रेष्ठले जानकारी दिए । फिल्म हलमा नआउञ्जेल यी र यस्तै खाले प्रचार प्रसार गरिरहनेछौं, सविरले भने ।
लभ स्टोरी फिल्म बाँध मायालेमा आर्यन अधिकारी र सृष्टि श्रेष्ठसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको अभिनय छ । फिल्ममा संगीत अर्जुन पोखरेलको रहेको छ ।

‘तेल भिसा’मा जोडिइन् वर्षा, विपिनसँग छैटौं पटक जोडी बाँध्दै

‘चित्रा’को पोष्टरमा सन्तोष, अर्पण, प्रमोद, मेनुका, शुभेक्षा र अन्जना

अरिजित सिंहले नेपाली राष्ट्रिय झण्डा ओड्दा राजेश पायलको प्रश्न

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया