अमेरिकामा ‘बाँध मायाले’

अमेरिकामा एक्सन लभ स्टोरी फिल्म ‘बाँध मायाले’को प्रिमियर शो सम्पन्न भएको छ । अगस्ट २८ तारिखमा सान्फ्रान्सिस्कोमा शहरमा फिल्मको प्रिमियर भएको थियो । प्रिमियर शोमा फिल्मका नायक आर्यन अधिकारी उपस्थित थिए ।

एक्सन लभ स्टोरी फिल्म बाँध मायाले हेरेपछि दर्शकहरु भावुक हँदै हलबाट निस्किएको नायक अधिकारीले बताएका छन् । फिल्ममा समावेश एक्सन र लभ स्टोरीलाई दर्शकले रुचाएको आर्यनले बताए । पुनः सेप्टेम्वर २ तारिखमा सान्फ्रान्सिस्कोमा फिल्मको शो राखिएको छ ।

फिल्ममा आर्यनसँगै पुर्व मिस नेपाल तथा नायिका सृष्टि श्रेष्ठ, राजाराम पौडेल, किशोर खड्का, रविन्द्र प्रताप सेन र विशाल चाम्लिंग लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

काइट्स इन्टरटेनमेन्टको प्रस्तुती रहेको फिल्म रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेका हुन् भने सह निर्माताको रुपमा महेन्द्र अधिकारी र केदार धिताल रहेका छन् । बाबु श्रेष्ठको छायाँकन रहेको फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन र अर्जुन पोखरेलको संगीत छ । यसअघि फिल्मको अष्ट्रेलियामा प्रिमियर गरिएको थियो ।

फिल्म असोज ५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।