प्रियंका र आयुष्मानको प्रेममा तगारो बने अनुभव

पछिल्लो समयका चल्तिकी नायिका प्रियंका कार्की तथा बालकलाकार अनुभब रेग्मी अभिनित मनकी उजेली बोलको गीत सार्वजनिक भएको छ । उक्त भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान देशराज जोशी पनि फिचर्ड छन् ।

प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका अयुष्मानको तगारो भने अनुभव बनेका छन् । नारायण भण्डारी जनकपुरीको शब्द तथा संगीत रहेको गीतमा दिपक महर्जनको स्वर रहेको छ । निकेश खड्का निर्देशित गीतमा बुद्ध थापाको छायाँकन, सुबोल थापाको कोरियोग्राफी तथा विकाश धमलाको सम्पादन रहेको छ ।