घर बेच्, खेत बेच्, केटी बेच् तर पैसा कमा ‘कथा काठमाण्डु’ ट्रेलर

आहना फिल्मस्को प्रस्तुती रहेको फिल्म कथा काठमाडौँ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा तीन युवा युवतीको भिन्नभिन्न प्रेम र जीवनलाई देखाईएको छ । यसअघी सार्वजनिक भएको फिल्मकी नायिका प्रियंका कार्की र नायक प्रमोद अग्रहरीको इन्टिमेट सिनले भरिपूर्ण एक गीतले निकै चर्चा पाएको थियो ।

फिल्ममा संगीता श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । विजय राईको निर्माणमा तयार भएको यो फिल्ममा  लु:ज: सिंहको छायाङ्कन रहेको छ । फिल्ममा प्रियंका कार्की, प्रमोद अग्रहरी,  आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारी लगायतको अभिनय रहेको छ । फिल्म असोज १२ गतेबाट रिलिज हुँदै छ ।