साम्राज्ञी र शारुकको जोडी कसले जुरायो ?

- मेराेफिल्म

फिल्म ईन्टु मिन्टु लण्डनमाको तेस्रो गीत ‘जुरायो जुरायो’ सार्वजनिक भएको छ । बसन्त सापकोटाको शब्द/संगीत रहेको गीतमा राजेश पायल राई र मेलिना राईको स्वर रहेका छ । गीतमा साम्राज्ञी राज्य लक्ष्मी शाह तथा शारुक ताम्राकारको दमदार नृत्यलाई देख्न सकिन्छ । विवाह समारोहको गीतको भिडीयोमा विक्रम लामा तथा एञ्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

फिल्मका दुई गीत ‘उडायो हावाले’ र ‘लण्डनमा’ यसअघी नै सार्वजनिक भइसकेका छन् । प्रभु शम्शेर जबरा र प्रज्ज्वल शमशेर जबराको निर्माण रहेको ‘इन्टु मिन्टु लण्डनमा’लाई रेनशा वान्तवा राईले निर्देशन गरेकी हुन भने सुश्मिता जिरेल, सुलेखा राई र बसन्त तामाङ सह-निर्माता रहेका छन् । फिल्ममा सम्राज्ञी र शारुकसँगै धिरज मगर, विजय लामा, अर्जुन श्रेष्ठ, दिल भुसण पाठक, रुबी राणा शाह, बिबेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाई, मेलिशा गुरुङ, जेमिमा टोम्स, एन्ड्रेउ मुलान लगायतको अभिनय रहेको छ । फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाङ्कन, रेनशा वान्तवा राई र प्रज्ज्वल शमशेर जबराको कथा रहेको छ ।

२०७५ भदौ २० गते १८:३२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *